बुटवलमा बालबालिकाको लागि नियमीत खोप सुरु

रुपन्देही १२ बैशाख । बुटवलमा सुरक्षित खोप अभियान सुरु भएको छ । बुटवल उपमहानगरले आधारभूत स्वास्थ्य अन्र्तगत रहेको नियमीत खोप सेवालाई अबरुद्ध हुन नदिन स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री पिपीई लगाएर खटिएका छन् । 

लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको जनाएको छ । बुटवल मै खोप भण्डारण केन्द्रसमेत सञ्चालन गरिएको छ । यहाँ बालबालिका र गर्भवतीहरुले सहज ढंगले खोप लगाउन पाउने ब्यबस्था मिलाइएको छ ।

उपमहानगरपालिकाले खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पीपीईसहितका स्वास्थ्यकर्मीहरु पालैपालो खटाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा वैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताउनु भयो । जन्मेदेखि २३ महिना उमेर पुगेका समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation