चेतन विष्ट, कपिलवस्तु ।
गठबन्धन कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरेले मोतिपुर र बनगाइका कुनै क्षेत्रमा पनि अब कसैले राजनिति गर्न नसक्ने बताउनु भएको छ । आज बाणगङ्गाको बनगाइ, कैली बनगाइ, जिनुवा, चौवाहा, भर्तापुर लगायतका क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाले यहाँका जनता माथि विभिन्न बाहानामा केही गलत मनसाय भएका तत्वले राजनिति गरिरहेको भन्दै अब त्यस्तो गर्न नदिने बताउनु भएको छ ।
बनगाई मोतिपुर डोहटे बाटोलाई अझ स्तरउन्नती गर्ने बताँउदै यस क्षेत्रको विकासको लागि आफु निरन्तर लाग्ने बताउनु भएको छ ।
त्यस्तै उहाँले कपिलस्तु पनि पर्यटकीय क्षेत्र भएकोले लुम्बिनीमा आएका पर्यटकलाई कपिलवस्तुका जगदिशपुर, लक्षमणघाट, कपिलधाम लगायतका स्थानमा आउने वातावरण मिलाउने उहाँले बताउनु छ । जिल्लालाई समृद्धिको बाटोमा लैजाको लगि पर्यटन एउटा महत्वपुर्ण क्षेत्र भएकोले यस क्षेत्रलाई उचित प्रयोग गर्दै जिल्लको बिकास गर्ने बतउनु भएको छ ।