रुपन्देही –५ मा मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ ।

सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो ।

अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका बासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान,  एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।  एक  लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत  खसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation