पाल्पामा पाँच गैरे राजनीति फिल्डमा भेटिए संगै चार गैरे संसद तिर साेझिएका छन् भने एक गैरे संसदीय व्यवस्थाकाे विरुद्धमा उभिएका छन् । यतिबेला संघिय लाेकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत गर्दै यसलाई सुदृढ गर्नका निमित्त चलिरहेको दाेस्राे कार्यकालको अावधिक निर्वाचनमा पाल्पामा भने राेचक देखिएको छ । पाल्पाको निर्वाचन क्षेत्र नम्बर दुईमा गैरे विरुद्ध गैरे नै भिडेका छन् भने एक जना गैरे याे व्यवस्था र निर्वाचन नमान्ने भन्दै विद्रोह तिर हाेमिएका छन् ।
यसरी अहिलेकाे निर्वाचन उठ्ने मध्ये १) ठाकुर गैरे नेकपा(एमाले) पाेलिट ब्युरो सदस्य तथा अनेरास्ववियु पुर्व केन्द्रीय अध्यक्ष प्रतिनिधि सभा सदस्य पाल्पा क्षेत्र नम्बर २,२) साेम प्रसाद गैरे”सुमन” राष्ट्रिय स्वतन्त्र पार्टी
प्रतिनिधि सभा सदस्य पाल्पा क्षेत्र नम्बर २,३) राजु गैरे राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्गदेल प्रदेश सभा सदस्य पाल्पा क्षेत्र नम्बर २ “क”,३) उपेन गैरे स्वतन्त्र प्रतिनिधि सभा सदस्य पाल्पा क्षेत्र नम्बर २ उमेदवार दिई उठेका छन्, भने याे व्यवस्थामा अाँफु नजाने भन्दै मुक्ति गैरे नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला संयाेजककाे नेतृत्व गर्दै निर्वाचन अवज्ञा भन्दै हिडेका छन् । ठाकुर गैरे,मुक्ति गैरे,राजु गैरे र उपेन गैरे एउटै गाउँपालिका बगनासकालि कै हुन् भने साेम प्रसाद गैरे “सुमन” पाँलिका भने फरक हाे तर तर निर्वाचन क्षेत्र एउटै हाे र एउटै निर्वाचन क्षेत्रमा चार जना फरक फरक दल र स्वतन्त्रबाट भिडेका छन् । उनिहरु पाँचै जना मध्ये ठाकुर गैरे,मुक्ति गैरे,साेम प्रसाद गैरे”सुमन”,राजु गैरे र उपेन गैरे कुटुम्ब दाजुभाइ पर्दछ भने मुक्ति गैरे,राजु गैरे,ठाकुर गैरे र उपेन गैरे मर्दापर्दा बारिने वा चामल मिसाउने चलनचल्तिका नजिकैका दाजुभाइ पर्दछन् ।
यतिबेला ठाकुर गैरे देश व्यापि चर्चामा परिरहेका छन् नेकपा(एमाले) विभाजन भए पछि पाल्पामा नेकपा(एमाले)बाट ठाकुर गैरे र गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) पार्टीका साेमप्रसाद पाण्डेकाे कडा प्रतिस्पर्धा चलिरहेको थियो भने अहिले साेमप्रसाद पाण्डेलाई झण्डै दुई हजार मतान्तर अगाडि बढ्दै जित सुनिश्चित गरेका छन् भने साेमप्रसाद गैरे,राजु गैरे र उपेन गैरे उमेदवारहरुकाे भने जित्ने सम्भावना न्युन देखिन्छ ।