सैनामैना वडा न ११ले सुत्केरीलाई पोषण सामाग्री वितरण

सैनामैना नगरपालिका वडा नं. ११ ले आईतवार सुत्केरीहरुलाई घीउ, मह र अण्डा वितरण गरेको छ ।
वडा कार्यालयले नगरपालिकाको नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सुत्केरी पोषण कार्यक्रम अन्तर्गत करिव पन्ध्र सय रुपैया बराबरको सुत्केरी पोषण सामान वितरण गरेको हो ।
सुत्केरी पोषण सामान वितरण गर्दै सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले नगरपालिकाको बार्षिक नीति कार्यक्रममै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सुत्केरीलाई घीउ, मह र अण्डा वितरण गर्ने योजना अनुसार वडाका सुत्केरीलाई वितरण गरिएको बताउनु भयो ।

आईतवार वडाका विभिन्न स्थानमा रहेका ५३ जनालाई सुत्केरी लाई वडा अध्यक्ष र सदस्यहरुकै उपस्थितिमा पोषणा सामाग्री उपलब्ध गराएको बताइएको छ । वडाले सुत्केरी पोषण कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९÷०८० का लागि १ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation