निड नेपालको बुटवलमा उद्घाटन, जनताका मुद्दालाई केन्द्रमा राखेर मिडियाले भुमिका बढाउने बेला आयो-अध्यक्ष डुम्रे

बुटवल संवाददाता
जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनता र राष्ट्रका लागि मिडिया र मिडियाकर्मीले भुमिका बढाउने बेला आएको बताउनुभएको छ ।
रुपन्देहीको बुटवलमा निड नेपाल नामक अनलाइनको केन्द्रीय कार्यलय उद्घाटन गर्दै डुम्रेले न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका भित्रका गलत पक्ष र प्रवृत्तिलाई निरुत्साहित गर्दै जनता र राष्ट्रका मुद्दालाई केन्द्रमा राखेर कलम चलाउन पत्रकारलाई अनुरोध समेत गर्नुभएको छ ।
राष्ट्र एक प्रकारको गम्भीर संकटबाट गुज्रिएको भन्दै यसलाई सकारात्मक र जन-उत्तरदायि बनाउन मिडियाले सशक्त भुमिका खेल्नु पर्ने साथै जनपक्षीय मुद्दामा जनतालाई साथ दिनुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै डुम्रेले सत्य,न्याय र यथार्थका पक्षमा लेख्न कोही कसैको डर धम्की बाट पछि नहट्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् बुटवल उपमहानगरपालिका पुर्व उपमेयर गोमादेवी आचार्यले मिडियाले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड् दिनुभएको थियोे,कार्यक्रममा काङ्ग्रेस महाधिवेशन प्रतिनिधि युवराज गिरी,एमाले नेता एवम् व्यवसायी गोपाल राना,नेकपाका जिल्ला सदस्य बिरेन्द्र विक लगायतले बोलेका थिए । निड नेपाल नामक अनलाइनले बुटवलमा केन्द्रीय कार्यलय राखि गण्डकी र लुम्बिनी प्रदेशमा मिडिया तथा सामाजिक गतिविधि गर्दै आईरहेको अध्यक्ष रामकृष्ण शर्माले बताए । निड नेपालको उद्घाटन कार्यक्रमको अध्यक्षता ध्रुव लामिछानेले गर्नुभएको थियोे भने सञ्चालन राजन चौधरीले गर्नुभएको थियोे भने स्वागत रामकृष्ण शर्माले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation