पुर्ब विद्यार्थी समाजद्वारा पश्चिम् परोर्हा माध्यामिक बिद्यालयमा एक दिने निसुल्क अँखा सिबिर सम्पन्न

पुर्ब विद्यार्थी समाज पश्चिम् परोर्हा माध्यामिक बिद्यालयले एक दिने निसुल्क अँखा सिबिर सम्पन्न गरेको छ ।
आज एक कार्यक्रम को आयोजना गरि पुर्ब विद्यार्थी समाज पश्चिम् परोर्हा मा बि मा निसुल्क आँखा सिबिर सम्पन्न गरियको थियो ।
पुर्ब विद्यार्थी समाज पश्चिम् परोर्हाका अध्यक्ष तथा नेकपा (बिप्लब) का केन्द्रिय सदस्य वसन्त श्रेष्ठ को अध्यक्षता भयको कार्यक्रममा बोल्दै गाउँगाउमा अझै पनि स्वास्थ्यको समस्या अझै पनि रहेको भन्दै दरकार जनताको स्वास्थ प्रती गम्भीर नभयको बताउदै सके अस्पताल नै बनाउने नभय घुम्ती सिबिरको रुपमा जनताका स्वास्थमा गम्भिर हुन आग्रह गर्नुभयो ।

उक्त निसुल्क स्वास्थ सिबिरमा वरिष्ठ अँखा रोग बिसेसज्ञ डा अभिषेक पण्डे र डा मिलन आले ले स्वास्थ परिक्षण गर्नुभयको थियो । निसुल्क अँखा सिबिरमा करिब ५५० जना भन्दा बढीले अँखा जाच गरायका थिय ।

कार्यक्रममा अतिथिको रुपमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद चौधरी , प्राध्यापक इस्वरी घिमिरे, बिधालय का सम्पुर्ण शिक्षक शिक्षका लगायत को उपस्थितिमा भयको कार्यक्रमको , शिक्षक तथा पुर्ब विद्यार्थी समाजका स सचिब चन्द्रमान चौधरी स्वागत मन्तव्य र पुर्ब विद्यार्थी समाजका सचिब राजेन्द्र घिमिरेको संचालनमा सम्पन्न भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation