यस्तो देखियो शीतल निवासको शपथ ग्रहण [फोटो फिचर]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज क्याबिनेट विस्तार गर्नुभएको छ । सरकारमा सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीलाई सहभागी गराएर उहाँले क्याबिनेट विस्तार गर्नुभएको हो ।

प्रचण्ड नेतृत्वको क्याबिनेटमा एमालेबाट एक राज्यमन्त्रीसहित नौ मन्त्री बनेका छन् । सरकारको नेतृत्वकर्ता माओवादीले प्रधानमन्त्रीसहित एक राज्यमन्त्री र चार मन्त्री पाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवी लामिछानेको नेतृत्वमा सरकारमा गएको छ ।दुवै पार्टीले एक–एक राज्यमन्त्री पनि पाएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रीमा चित्त बुझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation