सैनामैनामा मेलमिलापकर्ताको तालिममा सबैको आखामा आसु आएपछी !

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिन सुरु गरिएको हो ।
आज तालिमको पाँचौ दिन आइपुग्दा तालिममा निकै रोचक प्रसङ्ग र दृश्यहरु देखिएका छन । तालिममा मेलमिलाप सम्बन्धि थुप्रै आधारभूत ज्ञान, सीप र अनुभव सिकाइएको थियो । यसरी सिकाउने क्रममा ब्यवहारिक ज्ञान दिनको लागि प्रशिक्षक सिताराम अधिकारी र हेमा न्यौपाने एउटा टिममा तालिम दिइरहनुभएको छ । हुन त सबै टिममा उत्तिकै रोचक र उत्साहपुर्बक भैरहेको छ, तर प्रशिक्षद्वय सिताराम अधिकारी र हेमा न्यौपानेले सैनामैनाको वडा न १०, ११ र सैनामैनाकै नगरस्तरिय मेलमिलापकर्ताहरु लाई तालिम दिइरहनु भयको छ । कहिले हासो त कहिले रोदन कै बिचमा तालिम अगाडि बढिरहेको छ ।
समाजमा घटेका बिद्यमान घटनाक्रमहरुलाइ जस्ताको तस्तै नाटकी डेमोको रुपमा आज प्रस्तुत गरियको थियो । तेहा विद्यमान समाजमा घटेका घटनाहरुलाइ शीर्षक दियर तीन जना मेलमिलापकर्ता र दुई जना झगडालु बनेर आउछन, जसको शिर्षक थियो दाइ र बहिनिको अंस बिबाद त्यो बिवाद मिलाउन बसेका मेलमिलापकर्ता र अन्य प्रशिक्षर्थि दर्सक बनेर । जब झगडा गरेका सहोदर दाइ बहिनी आ आफ्नो समस्या बताउछन । आ आफ्नो अडान लिन्छन । मेलमिलापकर्ताले मिलाउने कोसिस गर्छन । त्यहा पीडा, बेदना सबै सबै कुरा हुन्छ । अनेक कोसिस हुन्छ मिलाउने, अनेक प्रयत्न हुन्छ तर पनि मिल्दैनन । दाइले बहिनिलाइ गरेको व्यवहार र बहिनिले दाइ प्रती देखायको ब्यबहारले । हामी कतै फिल्म हल भित्र त छैनौ, त्यो दृश्यले कति बेला बर्बर्ती आँसु आउँछ कतिबेला कठोर बनाउछ पत्तै पाइयन । साच्चै हामी समाजको यथार्थ घटनामा डेमो गर्दा पनि बर्बर्ती आँसु झरे ।
सम्पुर्ण प्रशिक्षर्थिलाइ प्रयोगात्मक अभ्यास गर्दै , सिकेका कला र समबेदनाहरुलाइ साच्चिकै ब्यावहारमा उतार्ने बताउनुहुन्छ प्रशिक्षर्थि कल्पना कुवर ।
यसरिनै चलेको मेलमिलापकर्ताहरुको तालिमले समाज परिवर्तनमा भुमिका खेल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation