
हरिश चन्द्र खनाल ,कपिललबस्तु
नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रमलाई लुम्बिनी प्रदेश अन्र्तगतको कपिलबस्तु जिल्लामा अवस्थित विजयनगर गाउँपालिकाले उल्लँघन गरेको पाईएको छ ।
नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय जीवनका व्यक्तित्वहरुको मर्यादाक्रमको सुची अनुसार क्रमशः पहिलो राष्ट्रपति, दोस्रो उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्रीको व्यवस्था गरेको छ तर विजयनगर गाउँपालिका ,कपिलबस्तुको प्रमुख प्रशासकिय अधिकृत श्री शोभाराम रिजालको कार्यकक्षमा राखिएको तस्विरले उक्त मर्यादाक्रमलाई गिज्याएको छ ।
प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको कार्यकक्षको पश्चिम तर्फ देवालमा क्रमशःराष्ट्रपति उपराष्ट्रपति र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पश्चात पुछारमा नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तस्विर राखिएको छ । यो अशोभनिय मात्रै हैन सम्माननिय प्रधानमन्त्री प्रचण्ड उपर गरिएको अपमान पनि हो । यस विजयनगर गाउँपालिकामा गत बैषाख ३० गते भएको स्थानीय तहको निर्बाचनमा नेकपा(एमाले)का नेता गोपाल थापा निर्बाचित भएका छन । राज्यको मर्यादाक्रमको तेस्रो स्थानमा रहनुभएका नेकपा(माओबादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अपमान सुनियोजित त हैन भन्ने प्रश्न समेत उब्जिएको छ ।