मिडियाकर्मी र स्वास्थयकर्मीहरुका लागी सैनामैनामा सेवा सम्वन्धि पैरवी कार्यक्रम

सैनामैना नगरपालिकामा स्वास्थ्य प्रर्वद्धन सेवा सम्वन्धि मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. १ स्थित न्यू त्रिमुर्ती पार्टी प्यालेसमा भएको सो कार्यक्रममा आर्थिक वर्ष २०७९-८० को स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समिक्षा समेत गरिएको छ । स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा नगरमा स्वास्थ्य क्षेत्रमा भए गरेका प्रगति विवरण र स्वास्थ्य क्षेत्रमा गर्ने आगामी योजनाहरुबारे जानकारी गराइएको थियो ।

सो अवसरमा जनस्वास्थ्य अधिकृत इश्वरी प्रसाद न्यौपानेले नागरिकले सर्वप्रथम आफ्नो स्वास्थ्यप्रति ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र भन्ने वित्तिकै उपचारात्मक मात्र नभएर पुर्नस्थापनात्मक, स्वास्थ्य सेवा, प्रर्वद्धनात्मक, प्रतिकात्मक र प्रशासन सेवा लगायतका विषयहरु समावेश हुने उल्लेख गर्नुभयो । यि सबैका लागि यहाँका नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउन मिडिया र स्वास्थ्यकर्मीको अह्म भूमिका रहेको उहाँले बताउनुभयो ।

जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले सैनामैनामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले कोभिडको समय र अन्य विभिन्न समयमा यहाँका मिडियाकर्मीले सकारात्मक भूमिका खेलेको धारणा राख्नुभयो । प्रमुख पन्थीले नगरमा स्वास्थ्य सेवाहरु थप प्रभावकारी बनाउनका लागि योजनाहरु अघि बढेको बताउनुभयो ।

स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कंवरले उपलब्ध स्वास्थ्य सेवामा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो टोल, वडा र नगरमा स्वास्थ्य चौकीहरुले उपलब्ध गराएका स्वास्थ्य सेवा सम्वन्धि जानकारीहरु प्रदान गर्नुपर्ने बताउनुभयो ।

थै स्वास्थ्य सेवा सहज बनाउन सबै सरोकारवाला निकायको दायित्व रहेको पन्थीको भनाइ छ । नगरमा मातृ तथा नवजात शिशु, परिवार नियोजन, दैनिक उपचार तथा जाँच सेवा, खोप सेवा, सुरक्षित गर्भपत, पजन्न स्वास्थ्य सेवाहरु, प्रसुती सेवा लगायतका सेवाहरु उपलब्ध छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation