सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

०५ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्डो लगायतका खेलहरु हुने छन् ।

 

वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको सैनामैनाका नगरप्रमुख फणिन्द्र शर्माले उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख शर्माले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले चालु आर्थिक वर्षको वजेटमा विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि तथा खेल पुर्वाधार निर्माणका लागि आवश्यक बजेट छुट्टयाएको बताए ।

स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित रनिङ शिल्ड प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले बताए ।

उद्‌घाटनका अवसरमा १५विद्यालयले मार्चपाससमेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation