मगर एकता दिवसको पुर्व सन्ध्यामा कञ्चन गाउँ समितिद्धार भलिवल खेल

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउँपालिका समन्वय समिति रुपन्देहीले फागुन १५ गते ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउने भएको छ । संघले मगर एकता दिवसको अवसरमा फागुन १३ गते देखिनै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । जस अन्र्तगत पुरुष भलिवल तथा महिला भलिवल खेल चरण बद्ध रुपले खेलाईएको आयोजक समितिले जानकारी दिएको छ ।


मगर संघका कञ्चन गाउँपालिका समन्वय समितिका अध्यक्ष कविराज काउचाले फागुन १५ गते सोमवार बिहान ११ बजे दानापुर ताल हुदै जनज्योति मा.वि. को प्राङगण सम्म विभिन्न साँस्कृतिक झाँकीसहितको शोभायात्रा कार्यक्रम स्थलमा पुगेर सभामा परिणत गरिने बताए । उक्त सभामा मगर समुदायले सालैजो, कौरा, सोरठी, झ्याउरे लगायतका नृत्य र गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष काउचाले बताए ।

संघका कञ्चन गाउँपालिका समन्वय समिति सचिव मोति थापाले स्वदेश र विदेशमा रहेका लाखौं मगरहरुको नेतृत्व गर्ने साझा संगठन नेपाल मगर संघ भएको जानकारी दिए । संघले मगरहरुको इतिहास, पहिचान, कला, सँस्कृति, भाषा र धर्मको संरक्षणका लागि निरन्तर काम गर्दै आएको उनी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation