
कृष्ण भण्डारी, चौत ३
सैनामैना नगरपालिका वडा नम्बर ६ मा रहेको जनकल्याण माविको जस्टिनिन युवा क्लवले निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका प्रत्येक गाउँ गाउँमा गएर नियम कानुनको बिषयमा जानकारी गराएको धन्यवाद दिदै काला कोट लगाउने माथि नि प्रश्न उठन थालेको छ त्यस्ता विधार्थी यहाँबाट उत्पादन नहोस, सबै राम्रोसँग कुरा बुजेर मात्र निर्णय गर्नु होला भोलिका दिनमा शुभकामना दिनुभयो, विधालयको आवश्यकतामा म सधै कुनै पनि समयमा उपस्थित हुनेछु, आज बाटो बनाउन लामो लाईन लगेर नगर र प्रदेशमा बजेट माग्न जाने तर बिधालय र स्वास्थ्य चौकीको लागि पनि त्यसरी नै लाग्न विधार्थीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक अर्जुन कुमार पौडेलले रचनात्मक कार्यक्रम गरेकोमा विधार्थीलाई धन्यवाद दिदै बुटवल पश्चिममा अन्त कतै नभएको कानुन विषय अगाडि वडयौ र राम्रो भयो अहिले कोहि पनि फेल हुन परेको छैन त्यसैले नगरमा नै उत्कृष्ट नतिजा संगै सधै अब्बल भएको कुरा व्यक्त गर्नु भयो । प्रधानाध्यापकले कानुनका बिधार्थीले गरेका कार्यमा मिडियाक्रमीको नजर नपुगेकोमा दुख समेत व्यक्त गर्नुभयो ।
निबन्ध लेखन प्रतियोगितामा प्रथम सोम बहादुर नेपाली, दोस्रो शर्मिला शारु र तेस्रो प्रतिभा पाण्डे हुन सफल भएका छन।
कार्यक्रमको अध्यक्षता जस्टिनिन युवा क्लव अध्यक्ष शंकर भुषालको अध्यक्षता एवम् कार्यक्रम सञ्चालन सहसचिव निरज खनाल र स्वागत मन्तव्य क्लबका उपाध्यक्ष जमुना भट्टराईले राख्नु भएको थियो ।