शिक्षा क्षेत्रको निति निर्माणमा दुरगामी सोच चाहिन्छ : सभामुख घर्ति

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो ।

नेपाल आदर्श नमुना माध्यमिक बिद्यालय शिवराज नगरपालिका -१ शिवपुर कपिलवस्तुको ४८ औं बार्षिक उत्सव , अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्नुहुदै सभामुख घर्ती मगरले शिक्षा संविधानमा मौलिक अधिकारको रुपमा रहेकाले शिक्षाको बिकास सरकारको प्रमुख दायित्व रहेको बताउनु भयो ।

उहाँले शिक्षा सम्बन्धि ऎन बनाउदा ब्यवहारिक र बैज्ञानिक बनाउने बताउनु भयो । बिधालयको भौतिक बिकास भन्दा पनि शिक्षामा गुणस्तर वृद्धि गर्न उहाँले शुझाव दिनु भयो । २०३१ सालमा स्थापना भएको उक्त बिधालयमा सभामुख घर्ती मगरले औपचारिक अध्ययन गर्नु भएको हो । बिधालयको बिकासको लागी सक्दो सहयोग र पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

बिधालय ब्यवस्थापन समितिक अध्यक्ष नरेन्द्रमान केसीले साधारण र प्राबिधिक दुबैमा बिधालय अब्बल रहेको बताउनु भयो। प्राबिधिक तर्फ पशु बिज्ञान अध्ययन अध्यापन हुँदै आएको छ ।बहु प्राबिधिक बिधालयको रुपमा संचालन गर्ने उदेश्य रहेको बताउनु हुँदै उहाले अङ्ग्रेजी माध्यमको लागि सहयोग लिएकोमा अब देखि नलिने जानकारी गराउनु भयो । ३३८४ जना विद्यार्थी अध्ययन उक्त बिधालयमा अस्थायी र निजि श्राेतका गरि १ सय बढी शिक्षक कर्मचारी कार्यरत रहनु भएको प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले जानकारी दिनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिका अजय थापाले सरकारले अघि सारेको निशुल्क शिक्षा शिवराज नगरपालिकाले लागु गर्न लागेको जानकारी दिनु भयो । सामुदायिक बिधालयमा ब्यावस्थापन र अनुशासनको अभावले शैक्षिक गुणस्तर कायम राख्न नसकीएको बताउनुहुदै उहाँले ब्यवस्थापनमा ध्यान दिन आग्रह गर्नु भयो ।वडा अध्यक्ष बिक्रम केसि शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , नगरपालिकाका शिक्षा प्रमुख पुर्ण बहादुर बिस्वकर्मा, पुर्ब प्रधानाध्यापन थानेस्वर खनाल,पुर्ब शिक्षक भेषराज भुसाल , ब्यवस्थापन समितिको पुर्ब अध्यक्ष भवनराज पौडेल पुर्ब जनप्रतिनिधि नेत्र अधिकारी, पुर्ब वडा अध्यक्ष जगत बहादुर जिसि, बिधालय ब्यावस्थापन समितीका पुर्ब अध्यक्ष बालाराम बुढामगर, अभिभावक बिरेन्द्र भण्डारी, शिक्षक प्रकाश अधिकारी, नवराज पान्डे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation