बुटवलमा संस्कृति प्रबर्धन कार्यशाला सरु

बुटवल, ६ बैशाख । माक्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यवस्थापनमा संस्कृति प्रबर्धन कार्यक्रमसंगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जनसंग जोड्न सकेको खण्डमा संस्कृतिको संरक्षणसंगै आर्थिक रुपमा सम्पन्न बन्न सकिने बताए । पछिल्लो समय नेपालका मौलिक रितिरिवाज, संस्कृति र पहिचानको लोप हुँदै गएको भन्दै पश्चिमी मुलुकको आयातित संस्कृतिलाई अपनाउने नागरिकको संख्यामा बृद्धि हुँदा नेपालको मौलिकपन हराएको बताउदै नेपाली संस्कृति जोगाउने जिम्मा हरेक नागरिकको भएको बताए ।

कार्यशालामा नेपाली समुदायमा रहेका सँस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु , नेपालका साँस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति, मुर्त र अर्मूत साँस्कृतिक सम्पदा र तिनीहरुको अवधारणा , तथ्याङ्क फारम भर्ने तरिकासहितको समूहगत अभ्यासलगाएतका विषयमा डा. निमानन्द रिजाल , विश्वेश्वर कट्टेल र जनार्दनले सहजीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, यज्ञ पंगेनी, विमल बहादुर शाक्यलगायतको उपस्थिती रहेको थियो ।
विश्वेश्वर  कट्टेलको अध्यक्षतामा हुमानाथ न्यौपानेको सञ्चालनमा भएको कार्यशालामा २ दिन सम्म चल्ने कार्यक्रममा ४५ जना सहभागी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation