लुम्बिनीका सभामुख घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गर्नु भएको छ । पाल्पा तिनाउ गाउँपालिका (३ स्थायी निवासी उहाँ २०७९ मंसिर ४ गते सम्म सम्पन्न प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २९२०बाट प्रदेश सभामा निर्वाचित हुनु भएको हो ।

निर्वाचनमा उहाँले १३ लाख ८२ हजार रुपैया खर्च भएको मंगलबार जानकारी दिनु भएको हो । सबैभन्दा बढी प्रचार प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको जनाउनु भएको छ । त्यसै गरि इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई बिज्ञापन १लाख, ब्यानर पानी औषधिसमेत १लाख , चिया नास्ता ५० हजार ,ढुवानी १ लाख,मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाउनु भएको छ ।

खर्चको विवरण प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४को उप दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि नै पेश गर्नु भएको जनाइएको छ । उहाँले खर्च विवरण आफु निर्वाचित गाउँपालिकाका स्थानीयलाई समेत प्रष्ट जानकारी दिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट उहाँ यस अघि पनि प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । त्यतिबेला संसदीय दलको प्रमुख सचेतक रहनु भएको प्रदेश सभा सदस्य घर्ती मगर दोश्रो पटक निर्वाचित भए पछी सभामुख पदमा निर्वाचित हुनु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation