नेपालले कुवेतविरुद्ध पायो २८१ रनको लक्ष्य

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२.२ ओभरमा १४१.३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation