सर्वाेदय सहकारीद्धारा वृद्धा आश्रमलाई सहयोग

बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ मा अवस्थित सर्वाेदय वचत तथा ऋण सहकारी संस्था लि.ले १० औ स्थापना दिवसको अवसरमा वृद्धाश्रममा जिन्सी सहयोग गरेको छ ।
गणतन्त्र दिवसको समेत सन्दर्भ पारेर संस्थाले सोमवार बुटवल वडा नं २मा रहेको श्री शिद्धवावा दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सहकारीले चामल, दाल, आटा, तेल चिनी सोयाविन, दालमोठ विस्कुट लगायतका खाद्यान्न प्रदान गरेको अध्यक्ष लेखमान श्रेष्ठले जानकारी दिनुभयो । साथै सरसफाईका सामाग्री पनि प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठ, सल्लाहकार ज्ञानु केसी, सचिव होमकान्त काफ्ले,सदस्य जगन्नाथ गौेडेल, माया उपाध्याय , निर्मला महत, व्यवस्थापक सकुन्तला ढकाल लगायतले आश्रमका प्रतिनिधी व्यवस्थापकलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो । सहकारीले विगतका वर्षहरुमा पनि सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएको छ । आश्रममा अहिले ६ जना वृद्ध वृद्धाले आश्रय लिईरहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation