असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा

काठमाण्डौ असार १२ । सरकारले बकर ईदको अवसर पारेर असार १४ गते सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दे असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय भएको उल्लेख गरेका छन्।

बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका शर्माले बिज्ञप्तीमा उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation