सैनामैनाको एक नं.वडा सडक बिस्तारमा कायापलट

सैनामैना — सडकलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । हुन पनि सडकको विकास विना अरू पूर्वाधारहरूको विकास मूलतः सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन पनि ल्याउँछ ।

यस्तै भएको छ सैनामैनाको बडा नं.१ मा, बिकासले काचुलिनै फेरेको छ भन्दा फरक नपर्ला । हुनत सैनामैनाका वडा नं.१ का वडा अध्यक्ष को रुपमा नेकपा –माओवादी केन्द्रको तर्फवाट टिकट लिएर गठबन्धनमा काङग्रेसको साथ पाएका हुन वडा अध्यक्ष भुवन क्षेत्रि । माओवादीको तर्फवाट वडा अध्यक्षको रुपमा जित्ने यक्ला उम्मेद्धवार हुन उनि । यूवा उमेरका भूवन क्षेत्री उमेरले मात्र होइन कामले पनि अव्बल देखिन्छन् । सबैको प्रिय बडा अध्यक्षको रुपमा चिनियका क्षेत्रि सैनामैनाको भूगोल र जनसंख्याको हिसावले पनि ठुलो वडाको नेत्रृत्व गर्छन । नेकपा माओवादी केन्द्र सैनामैनामा उदाउदै गरेको नेतृत्वको रुपमा हेरिने गरेको छ ।

उनी निर्वाचित भएपछि बजेटको ओइरो नै लागेको छ भन्दा फरक नपर्ने स्थानिय बताउछन् । पहिलो कार्यकालामै केन्द्रवाटै १० लाख बजेट वाटो स्तरउन्नति, वोलबम मन्दीरमा ५ करोड क्रमागत बजेट, जेष्ठ नागरिक तथा अपाङ ग्राम ७ करोड, प्रदेश वाट ३५ लाख रानिबगैचा टोल, १० लाख प्रकितिक चिकित्सालय जाने वाटो, १० लाख दुर्गा भवानि पथ, १० लाख नरसिंह पथ, ४० लाख बर्मा चोक देखि पेरिसडाँडा, १८ लाख धर्म पथ, ५० लाख मेजर रोड, ४० लाख पर्रोहा गाउँ जाने वाटो, ८ लाख तिनकुने चोक, १ करोड ४३ लाख रानिबगैचा वाट वोलबम मन्दिर जाने वाटो नालि निर्माण, ५० लाख आधारभूत स्कुल देखि प्रगति पथ, १५ लाख दुर्गा भवानि स्कुल, २५ लाख कर्भड हल, १ करोड सैनामैना पर्रोहा पर्मेश्वर स्कुल, १ करोड टथबन्धन समावेसि टोल, १० लाख एकता टोल टथबन्धन, यसैगरि सैनामैना नगरपालिकाको १० लाख चेथरी वोलबम सडक, २० लाख कर्साघाट, २० लाख उज्जालो सहर, ५ लाख यज्ञ पथ, ५ लाख समावेसि पार्क, १० लाख खुल्ला संघ्रालय, ५ लाख मालारानि पथ र १ करोड २० लाख वडाको वजेट गरि करोडौ रकम यस वडामा पार्न सफल भएका छन ।

यसो हुनुमा उनको कुसल नेतृत्व हो भने माओवादी केन्द्रले सरकारको नेतृत्व केन्द्रमा र प्रदेशमा पनि गरेको हुनाले बजेट केन्दीकृत भएको हो ।

नगरको भौगोलिक, सामाजिक, सांस्कृतिक, व्यापारिक र मुख्य वा सहायक कुन हो, त्यसको आधारमा वडाको आवश्यकताअनुसार कार्यान्वयन गर्ने कुरा नै हो । यसमा कार्यान्वयन गर्ने जिम्मेवार व्यक्तिमा दुविधा हुनु जरुरी छैन । योजना निर्माण तथा यसको कार्यान्वयनको बेलामा सीमित व्यक्ति र संस्थाको निहित स्वार्थको आधारमा दुरुपयोग नहोस् भन्नका लागि निर्देशित सिद्धान्त र निर्देशिका कडाइका साथ लागु गर्न जरुरी छ । तर यसको अर्थ धरातलीय यर्थाथअनुसार ‘कमन सेन्स’को प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।

 

‘विकास गाडी चढेर आउँछ।’ किनकि जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन्। अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन सुरु हुन्छ। सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने क्षेत्रीको बुझाइ छ। पूर्वाधार बनेपछि मात्र सामाजिक–आर्थिक संरचना क्रियाशील हुन थाल्छन्। यसकारण सामाजिक–आर्थिक विकासको पूर्व सर्त नै पूर्वाधार विकास हो अनि सडकचाहिँ पूर्वाधार विकासको पनि पूर्वाधार हो। त्यसैले सवैलाइ बिकासको पथमा लम्कीने यात्रालाइ साथमा साथ र काधमा काध मिलाउन वडा अध्यक्ष भुवन क्षेत्रीको आग्रह छ ।

No description available.

No description available.

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation