युवा दलिय स्वार्थ भन्दा माथी उठेर गलत बिरुद्ध खवरदारि गर्नुपर्छ : मन्त्री गुप्ता

युवा परिषदले लुम्बिनीले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ ।

यसबर्ष पनि “दिगाे विकासकाे लक्ष्य प्राप्तीमा युवाकाे साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सिप विकास ” भन्ने मूल नारा सहित शनिबार २४ ओैँ अन्तर्राष्ट्रिय दिवसकाे अबसरमा युवा परिषद् लुम्बिनीले लुम्बिनीमा ३ सय जना युवाहरुकाे उपस्थिति सहित कार्यक्रम सम्पन्न गरेकाे छ।

उक्त कार्यक्रमकाे उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले डिल्ली देश बिकासका लागी युवाशक्ति अपरिहार्य रहेकाे बताए । युवा नै परिवर्तनकाे संबाहक हुन युवाले गरेकाे काम र परिवर्तन कसैले राेक्ने सक्दैन । समृद्ध नेपाल आत्मनिर्भर नेपाली बनाउ युवाहरुकाे मुख्य भुमिका रहेकाे बताउँदै युवाहरुकाे क्षेत्रमा युवाहरूकाे साथमा प्रदेश सरकार सधै सहकार्य गर्न तयार रहेकाे बताए । अशिक्षाकै कारण हाम्राे कतिपय समुदाय पिछडिएकाे छ त्यसकाे लागी पनि युवाहरुले शिक्षालाई मुख्य प्राथमिकता राख्नु पर्छ । युवाले चाहे भने देशै परिवर्तन हुन्छ उनले भने ।

मुख्यमन्त्री चाैधरीले उद्यमशिलताकाे क्षेत्रमा पनि युवकाे भमिका र सम्भावना धेरै रहेकाे बताए । स्थानिय उत्पादन र ब्राण्डिङमा प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे बताउँदै विभिन्न क्षेत्रहरुमा बेरोजगार भई छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी अघि बढाउन सके मात्र ठोस परिणाम निकाल्न सकिने हुदाँ अब युव परिषद्ले उद्यमशील युवा तयार गर्नु जरुरी रहेकाे बताउँदै विदेशबाट फर्किएका युवाहरुलाई पनि स्वदेशमा सदुपयोग गर्न गरी सरकार र युवा परिषदले ठोस कार्यक्रम ल्याउनु पर्ने बताए ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री तथा साेहि कार्यक्रमका अध्यक्ष चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन सक्याे भने बालबिबाह लागुओेैषध दुर्व्यसनी लगायताका समाजलाई नकारात्मक असरपर्ने बिभिन्न अपराधिक घटानहरु पनि कम हुने बताए । यसकाे जिम्मा पनि युवाहरुकाे नै हाे । उनले भने
युवाहरु अब नयाँ ढंगले अगाडि बढ्नु पर्ने अबस्था आएकाे छ देशले अझै पनि युवाहरुकाे दक्षता र क्षमतालाई मुल्यांकन गर्ने बिषयमा पछाडि नै देखिन्छ त्यसकारण हामी युवा बिभिन्न दलिय स्वार्थ भन्दा माथी उठेर गलत बिरुद्ध खवरदारि गर्दै देशमा सुशासन कायम गर्न जरुरी देखिन्छ ।

कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष गाेबिन्द खनालले मुलुकको ४० प्रतिशत हिस्सा ओगट्ने युवाको सर्वाङ्गिण विकास नगरी राष्ट्रको विकास हुन नसक्ने धारणा राखे । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको हो । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्ने बताए । उपाध्यक्ष खनालले अबकाे याेजना युवा लाई उद्यमशिलतामा जाेड्ने र सम्भावनाकाे खाेजी गरी युवालाई राेजगार दिने युवा परिषद्काे लक्ष्य रहेकाे बताए ।

युवा परिषद् लुम्बिनी प्रदेशले आयाेजना गरेकाे कार्यक्रममा अन्य संघसंस्थाहरुले पनि सहकार्य गरेका थिए कार्यक्रममा हाम्राे बिभिन्न समुदायमा उत्पादन गरिएका उत्पादित बस्तु हस्तकलाबाट बनाईएका बस्तुहरु प्रदर्शन पनि गरिएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation