माओवादी केन्द्र लुम्बिनी प्रदेश जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर

दाङ (देउखुरी )। भदौ १६ गतेदेखी तिन महिने विशेष अभियान शुरु गर्ने गरी गरी विशेष कार्यायोजना तय गर्दे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश समितिको वैठक आज सकिएको छ ।

लुम्विनी प्रदेशको राजधानी देउखुरीमा बसेको बैठकले समसामयीक प्रस्तावहरु पारित सहित अभियानको जिम्मेवारी वाडफाड गरिएको अध्यक्ष सुदर्शन वरालले जानकारी दिए ।

वैठकले यथाशिघ्र रोक्का गरिएको प्रदेश राजधानीको जग्गा फुकुवा गर्न वाडी पहिरो प्रभावितहरुको लागि राहत व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराएको छ । त्यसैगरी संघीय सरकारले भ्रष्टचार नियन्त्रणको लागि चालेको कदममा एक्यवद्धता जनाउदै सुशासनको प्रत्याभूत गराउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेको अध्यक्ष बरालले जानकारी दिए ।

स्थायी समिति सदस्य पुर्ण बहादुर घर्ती आयामलाई अभियानको रोल्पाको इन्चार्ज ताकिएको छ । त्यसैगरी रुकुममा कमला रोका, रुपन्देहीमा गणेशमान पुन, पाल्पामा कृष्ण ध्वज खड्का, नवलपरासीमा हकिकुल्लाह खां अर्घाखाचीमा वामदेव क्षेत्री, दाङमा जयपुरी घर्ती, कपिलवस्तुमा महेश्वर गहतराज, बांकेमा कुल प्रसाद केसी, बर्दियामा पुर्णा सुवेदी र गुल्मीमा जोख बहादुर महरा खटिनु भएको छ । प्युठानको कमान्ड कार्यालयले हेर्ने छ ।

तिन महिनाको लागि जिल्ला इन्चार्जहरुको पनि जिल्ला परिवर्तन गरी जिम्मेवारी ताकिएको छ । केन्द्रिय सदस्यहरुको अन्तर जिल्ला र प्रदेश समिति सदस्यहरुको अन्तरपालिका जिम्मेवारी तोएिको प्रदेश समितिका सचिव कृष्ण कुमार अधिकारीले जानकारी दिए ।तीन महिनाको अभियानको मुख्य लक्ष्य लुम्बिनी प्रदेशमा .पार्टी सदस्यता वृद्धि गर्ने र हरेक वडामा न्युनतम तीन ओटा सम्म टोल समिति निमार्ण गर्ने रहेको छ । हरेक वडामा महिला, विद्यार्थी, किसान, युवा, दलित तथा त्यहा“को विशेषताको जनसंगठन तथा मोर्चाको वडा समिति निर्माण गरिने छ र यसलाई विस्तारै टोल सम्म विस्तार गरिने छ ।
जन संगठन र मोर्चा संगठनहरुले हरेक वडाहरुमा न्युनतम ५०/५० नया“ साधारण सदस्य तयार गर्ने उदेश्य रहेको छ । केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता वसेको बैठकमा स्थायी समिति सदस्यहरु, केन्द्रिय सदस्यहरु अतिथिहरुको रुपमा वैठकमा सहभागी हुनु भएको थियो ।

प्रदेश इन्चार्ज हितमान शाक्यले जिम्मेवारी पुरा गर्ने गरी खट्न अभियानका जिल्ला इन्चार्ज तथा प्रदेश समिति सदस्यहरुलाइ निर्देशन दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation