हामी २०६४ सालकाे माओवादी हुने अभियानमा छाैँ : बामदेब क्षेत्री

हामी २०६४ सालकाे माओवादी हुने अभियानमा छाैँ : केन्द्रीय सदस्य क्षेत्री

अर्घाखाँची : ने.क.पा (माओवादी केन्द्र) रुपान्तरण भएर २०६४ सालमा जस्तै हुने (माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य  तथा ३ महिने अभियान अर्घाखाँचीका ईन्चार्ज बामदेव क्षेत्रीले बताएका छन । ने.क.पा (माओवादी केन्द्र) सन्धिखर्क नगर समितिद्वारा आयाेजित विस्तारित बैठकमा प्रमुख अतिथिकाे रुपमा मन्तव्य राख्दै उनले साे कुरा बताएका थिय । पार्टीकाे निर्देशन अनुसार अर्घाखाँची जिल्लामा प्रत्येक ब्यक्तिकाे घर घर मा पुगेर सम्भावना र सम्भाव्यताकाे अध्ययन गरि उत्पादनमा जाेड्ने र स्वराेजगार प्रदान गर्ने समेत बताएका थिय ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरी ले अर्घाखाँचीका आम जनताकाे साथले आफू राज्यमन्त्री भएकाे र जनताकाे मर्म र भावना अनुसार काम गरेकाे बताएकि हुन । साथै पार्टीले सुरु गरेकाे ३ महिने अभियानमा आफुले पनि अर्घाखाँचीमा सक्रियता पुर्वक लागेर पार्टीलाई माथि उठाउने समेत बताएकि हुन ।

त्यसैगरी अतिथि केन्द्रीय सदस्य तथा अभियानका शितगंगा नगर ईन्चार्ज गाेविन्द के.सी ले पार्टीमा विभिन्न समयमा टुटफुट र विचलन हुन हुने सम्पुर्ण नेता कार्यकर्ताहरुलाई एकताबद्ध गराएर अभियान सफल बनाउने र हामी नेता कार्यकर्ताहरु पास हुने कि फेल हुने आम जनताकाे हातमा रहेकाे बताएका थिय ।

त्यसैगरी जिल्ला संयाेजक राजेन्द्र भुसाल ले पार्टिले तयार पारेकाे वडा स्तर सम्मकाे कार्यतालिका प्रस्तुत गर्दै आम नेता कार्यकर्ताहरुलाई सक्रियतापुर्वक अभियानमा लाग्न अनुराेध गरेका थिय ।

कार्यक्रममा ने.क.पा (माओवादी केन्द्र) प्रलेश समिति सदस्य रामलाल पराजुली, कमला भण्डारी भुसाल, टाेप वहादुर बराल, लगायतले मन्तव्य राखेका थिय भने प्रदेश समिति सदस्य कृष्ण सारु, सन्धिखर्क नगर समिति पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार सदस्यहरु लगायतको उपस्थित रहेकाे थियाे । कार्यक्रममा ३ महिने विशेष उपान्तरण अभियानभरका लागि विभिन्न किसिमका समस्याहरुकाे निराकरण गर्न पुर्व जनमुक्ति सेना चुरामणि ढुंगानाको संयाेजकत्वमा १० सदस्यीय स्वयंसेवक टिम समेत गठन गरेका थिय ।

कार्यक्रममा ने.क.पा एमाले का युवा नेता बालकृष्ण शाह, नेपाल समाजवादी पार्टी का जिल्ला सदस्य पदम परियार ले पार्टी प्रवेश गरेका थिय । नवप्रवेशिकाहरुलाई प्रमुख अतिथि बामदेव क्षेत्रीले खादा लगायर स्वागत गरेका थिय ।

कार्यक्रम ने.क.पा (माओवादी केन्द्र) सन्धिखर्क नगर अध्यक्ष कृष्णहरि भुसालकाे अध्यक्षता, नगर उपाध्यक्ष सीता सिर्पालीकाे स्वागत मन्तव्य र नगर सचिव विष्णु ढुंगानाको संचालनमा र उत्साहपुर्ण उपस्थितिमा सम्पन्न भएकाे नगर सचिव ढुंगानाले बताएका थिय ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation