नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ ।

मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो ।

 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन् ।

ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजोल र इन्दुले २५ रनको साझेदारी बनाए ।

त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।

कविता कुँवर १, सम्झाना खड्का २ रन बनाए । कविता जोशी र बिन्दु रावल १ रनमा अविजित रहे ।

मलेसियाका लागि एना हमिजा हशीम, माहिरा इज्जती इस्मेल र नुर दनिया सुहादाले समान २–२ विकेट लिए । एइसा इलीश फिर्दुशले १ विकेट लिइन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation