पाकिस्तान उड्नुअघि सन्दीप स् एसिया कप खेल्न तयार छु

११ भदौ, काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।

सन्दीपले पनि खेलका लागि आफू फिट रहेको बताए । नेपालमा रहँदा आफूले सकेको अभ्यास गरेको भन्दै उनले अघि भने, ‘खेल्नका लागि म तयार छु ।’

 

एसिया कपमा भारत र पाकिस्तानको खेल हार जितभन्दा पनि खुसीको पर्व जस्तै भएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation