सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न

सैनामैना

सैनामैना नगरपालिकामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा म्युजिक एण्ड डान्स क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा खुल्ला तिजगित का साथ नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगिता क्याम्पसमा संचालन भएका विभिन्न संकायका विद्याथीहरुको समुह बिच प्रतिस्पर्धा भएको थियो । जसमा विनिता वस्नेतको समुह प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार प्राप्त गरेका थिए भने दोस्रो र तेस्रो स्थान क्रमश सुशिला गौतम को समुह र पुष्पा भट्टराईको समुहले प्राप्त गरेको थिए। कृष्ण शर्माको समुह सान्तवना स्थान हासिल गरेका थिए ।

कार्यक्रममा चार वटा समूहले सहभागी जनाएको थियो भने सहभागी सम्पुर्ण समुहलाई प्रोत्साहन गर्दै पुरस्कार प्रदान गरेको कार्यक्रम संयोजक अपेक्षा तिमिल्सिनाले बताउनु भयो ।

यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो संस्कृती धर्म अनि संस्कारको बारेमा समेत जानकारी दिन सजिलो हुने प्रमुख अतिथि क्याम्पस प्रमुख हेम बहादुर थापाले बताउनु भएको थियो । कार्यक्रममा क्याम्पसका प्रध्यापकहरु जगलाल गिरी, हुमकान्त वस्याल, दिनेश पन्थि, प्रकाश मणि खनाल, स्ववियु सभापति मनोज बेलवासे लगायतका अतिथिहरुले नाजगान सहित कार्यक्रमलाई थप मनोरञ्जन दिएका थिए ।
क्याम्पसकि शिक्षिका रेश्मा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन मन्तव्य क्याम्पस प्रमुख हेम बहादुर थापाले गर्नुका साथै कार्यक्रम सञ्चालन संयोजक अपेक्षा तिमिल्सिना र बन्दना भारतीले गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation