लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।

लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

 

डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले जनाएको छ ।

 

 

बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको छ । त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको छ । बोरा र कम्बलहरुमा बेरिएका शवहरुलाई सामूहिक चिहानमा समाधिस्थ गरिएको हृदयविदारक दृष्य देखिएको बीबीसीले जनाएको छ ।

जनजीवन अस्तव्यस्त भएका कारण क्षतिको विवरण संकलन गर्नसमेत उद्धारकर्तालाई हम्मेहम्मे परेको बीबीसीले जनाएको छ । विवरण संकलनको काम जारी रहेकाले बाढीमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation