नेपालको अर्थतन्त्रलाई धान्न सहकारीले महत्वपुर्ण भूमिका खेलेको छ –सभामुख

बुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहकारीले नेपालको अर्थतन्त्रलाई धान्न महत्वपुर्ण भूमिका खेलेको बताउनु भएको छ ।
सरकारले लिएको तिन खम्वे अर्थ निति अनुसार सहकारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमीका खेलेको उहांको भनाई थियो ।

बुटवल स्थित फेवा बचत तथा ऋण सहकारी संस्था लि।को सनिवार आयोजित १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुदै सभामुख घर्ती मगरले सहकारीले उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

कतिपय कृषि बहुउदेश्यीक सहकारी कृषिजन्य उत्पादनमा उदाहरणीय कार्य गरेको बताउनुहुदै उहांले वचत तथा ऋण सहकारीले पनि सदस्यहरुलाई आर्थिक उपार्जनमा टेवा पु¥याउने गरी लगानी गर्न सुझाव दिनु भयो । संचालकहरुले इमान्दारिता पारदर्शिता कायम गर्न सकेको खण्डमा मात्र सहकारीमा विश्वास जित्न सकिने बताउनुहुदै सभामुख घर्ती मगरले सदस्यहरुको वृहत्तर हित सोचेर लगानी गरेमा कुनै समस्या नआउने बताउनु भयो ।
फेवा सहकारीले सहकारीको उदेश्य अनुसार काम गरेको आफुले पाएको बताउनुुहुंदै मुलुकको अर्थतन्त्रमा देखिएको प्रतिकुलताका वावजुद पनि मुनाफा प्राप्त गर्न सक्नु आफैमा सक्षम सहकारीमा स्थापित भएको पुष्टी भएको उहांको भनाई थियो ।

संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङले सहकारीले संस्थाको नियमित कार्य वाहेक सामाजिक क्षेत्रका कार्यमा पनि उल्लेखनिय सहभागीता रहेको बताउनु भयो । उहांले उत्पादनसंग जोडिनु भएका शेयर सदस्यहरुलाई प्राथमिकता दिई लगानी गरेको जानकारी दिनुहुदै फेवाको लगानी पुर्णतया शुरक्षित रहेको बताउनु भयो । एउटा सक्षम सहकारीको लागी हुनु पर्ने सम्पुर्ण मापनहरु पुरा भएकाले पन्च वर्षिय रणनीतिक योजना अनुसार नै सहकारी अघि वढेको शेयर सदस्यहरुलाई आश्वस्त पार्नु भयो ।

सहकारीका अध्यक्ष अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष प्रेमबहादुर सोमैको स्वागत, सचिब बहादुर इन्द्र सारुको संचालनमा भएको कार्यक्रममा सहकारीका पुर्ब अध्यक्ष कृष्ण प्रसाद अर्याल कानुनी सल्लाहकार तेज प्रसाद कडेल, लेखा समिती संयोजक हेमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । ३ हजार ४ सय १६ शेयर सदस्य रहेको उक्त सहकारीमा ३१ करोड ८० लाख पुजी रहेको छ । २० करोड ३५ लाख निक्षेप संकलन गरि २७ करोड १२ लाख कर्जा लगानी गर्दा सहकारीले ५ करोड ३ लाख बढी कुल आम्दानी गर्न सफल भएको कोषाध्यक्ष नुमकली राहादीले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी, वचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation