रमेश गैरे, कपिलवस्तु । नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन असोज २० गते शनिबारका दिन कपिलवस्तु जिल्लाको सिद्धार्थ क्याम्पस वाणगङ्गामा हुने नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद खनालले जनाकारी दिनु भएको छ ।
सामुदायिक क्याम्पसहरु नेपालमा उच्च शिक्षा प्रदान गर्ने सेवामुखी भावनाले खोलिएका, समुदायद्धारा संचालित मुनाफारहित उच्च शैक्षिक संस्थाहरु हुन् । दुर दराजमा रहेमा गरिब र निम्न वर्गीय नेपालीका छोराछोरीहरुलाई सर्वसुलव र न्युन शुल्कमा सामुदायिक क्याम्पसहरुले उच्च शिक्षा प्रदान गरिरहेका छन् । तर सामुदायिक क्याम्पसहरुमा राज्यका कुनै पनि निकाय बाट संचालनका लागि स्थायी रुपमा जिम्मेवारी बहन गरेको भने देखिदैन् । विश्वविद्यालय अनुदान आयोगको उपलब्ध तथ्यांकख अनुसार लम्बिनी प्रदेशमा ८८ क्याम्पसहरु संचालनमा रहेका छन् ।
लुम्बिनी प्रदेशमा रहेमा सामुदायिक क्याम्पसहरुको पूर्वाधार विकास, गुणस्तर वृद्धि र दिगो संचालनका लागि केन्द्र सरकार, लम्बिनी प्रदेश सरकार, स्थानीय सरकार सहितले नीतिगत रुपमा नै वार्षिक बजेटमा उल्लेख हुने गरि बजेट विनियोजन गर्न दवाव दिनका लागि पनि यो अधिवेशन फदायी हुने बताइएको छ भने, अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
भोलि बिहान ९ बजे उद्घाटन हुने कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्य मन्त्री दिल्ली चौधरी बाट उद्घाटन हुने छ भने, विभिन्न सरोकारवाला निकायहरु र अधिवेशनमा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख र प्रध्यापक प्रतिनिधि गरि प्रत्येक क्याम्पसबाट ३ \३ जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
अधिवेशनको सम्पुर्ण व्यवस्थापकीय तयारी पुरा भएको सिद्धार्थ क्याम्पस कपिलवस्तुका क्याम्पस प्रमुख बेदराम अर्यालले जनाकारी दिनु भयो ।