हसनापुर माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सब सप्पन्न

रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ८ मा सन्चालित श्री हसनापुर माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सब सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्यन गरेको बिद्यालय हसनापुर माध्यमिक बिद्यालयलाई सधै प्राथमिकता राख्ने बताउदै आफुले अध्यन गरेको बिद्यालयको बिगत को बारेमा जानकारी गराउदै शिक्षाको गुणस्तर बिना समाज परिवर्तन हुन नसक्ने बताउदै भौतिक सगै शिक्षाको गुणस्तरमा गाउँपालिकाले निरन्तर काम गरेको बताउदै आफुले अध्यन गरेको बिद्यालयमा र अन्य बिद्यालयमा आफ्नो तलब भत्ता शैक्षिक क्षेत्रमा लगाउने र हसनापुर माध्यमिक बिद्यालयलाई ३ लाखको अक्षय कोष स्थापन गर्ने बताउनु भयो साथै पौड्यालले शिक्षा सुधारमा शिक्षक अभिभावक बिद्यार्थी उतिकै महत्त्वपूर्ण रहेको बताउदै कुनै बिद्यार्थी अभिभावक बिहिन भएमा गाउँपालिकामा सम्पर्क राख्न अनुरोध गर्नु भयो साथै हसनापुर माध्यमिक बिद्यालयको शैक्षिक सुधार संगै बिद्यालयको सफलता को शुभकामना ब्यक्त गर्नु भयो फरक प्रसंगमा अध्यक्ष पौड्याल अहिले बिकास निर्माणमा सबै राजनीति पाटी एक ठाउँमा आउनुपर्ने बताउदै राजनीति २०८४ चुनावको समयमा गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिला उपाध्यक्ष माधुरी जैसवाल , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , वडा अध्यक्ष भुवन कुमार राना , गैडहवा शिक्षा साखा प्रमुख माधब राज पौड्याल सुर्य पूरा माध्यमिक बिद्यालयका प्र.अ रामजी आचार्य , नमुना शिक्षा एङ्लिश स्कुलका रामलाल लोध लगाएतले बिद्यालय को सफलता को शुभकामना बोल्नु भएको थियोे ।

बिद्यालयका प्र.अ रमेश कुमार नाउले बिद्यालयको आय व्याय प्रस्तुत गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका सुधार गर्नुपर्ने बारेमा जानकारी दिनु भएको थियोे बिद्यालयका बिद्यार्थीलाई वार्षिकोत्सब अन्तर्गत विभिन्न खेलकुद अन्तर्गत उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको थियोे कार्यक्रममा अध्यक्षता बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष विनोद वरई कार्यक्रम सन्चालन शिक्षक भागिरथ पोख्रेल र कल्पना भण्डारीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation