‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन

मुक्तककार प्रतिमा के.सि.’प्रवासी’द्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन गरिएको छ । सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लव तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा के. सि.को दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्वीनि प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले मुक्तक विमोचन गर्दै सहित्यले मानिसलाई सत्मार्गमा हिड्न सिकाउने र जतिपनि परिवर्तन आएका छन ति साहित्यकारहरुको रचनात्मक खवरदारीले मात्र आएको वताउनुभयो । साहित्यकार तथा यसै क्याम्पसका पूर्व क्याम्पस प्रमुख यदुलाल पन्थले कृतिको समिक्षा गर्दै समाजिक असमानता, विसङगतिको चित्रण र व्यङय गर्दै जीवनवादी दृष्टिकोण भएको एउटा महाकाव्यकै रुपमा रहेको वताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिकाका उपमेयर बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे, फाउन्डेसनका कुमार के.सी.र यसै क्याम्पसका संस्थापक प्राध्यापक प्रेम पौडेल लगायत थुपै्र साहित्यप्रेमि व्याक्तिवहरुको  उपस्थितिमा सम्पन्न भएको छ । क्याम्पस प्रमुख हेमन्त थापाको अध्यक्षता र साहित्य क्लवका अध्यक्ष सुप्रिया अञ्जलिको सञ्चालनमा सम्पन्न कार्यक्रममा विविध विधामा रचना वाचन गरियको थियो । ‘प्रवासी मन’मुक्तक संग्रहभित्र ११सय१२ वटा मुक्तक संग्रहित छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation