नेकपा माओवादी केन्द्र सैनामैनाको १ दिने नगर स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर स्तरिय स्कुलिङ कार्यक्रम सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा सम्पन्न भएको छ। माओवादी केन्द्र सैनामैना नगर कमिटिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो।

सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा भएको कार्यक्रममा पार्टीका सवै वडाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक नेकपा माओवादी केन्द्रका केन्द्रिय समिती सदस्य वामदेव क्षेत्रिले नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र सरकारमा हुँदा होस या सदनमा हुँदा होस सदैव देश र जनताको पक्षमा रहेर मुलुक निर्माणमा अगाडी वढिरहेको बताए।

माओवादीकै नीति र नेतृत्वमा देश अगाडी वढिरहेको भन्दै जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा क्षेत्रिले जोड दिए। पार्टी केन्द्रको स्कुलिङ कार्यक्रम देशमा सवै जिल्ला र नगरहरुमा हुने जानकारी समेत दिए। वर्तमान प्रचण्ड नेतृत्वको सरकारले राम्रा राम्रा कामहरु गरेपनि केही तत्व र दलहरु सरकार कसरी ढाल्न सकिन्छ भन्दै लागिपरेकोमा दुख व्यक्त गरे। पार्टीले गरेका राम्रा कामहरुको नेता तथा कार्यकर्ताहरुले प्रचारप्रसार गर्नुपर्नेमा क्षेत्रिले जोड दिएका थिए ।


प्रशिक्षण कार्यक्रममा अतिथी पार्टीका केन्द्रीय सदस्य नारायणी शर्मा, ठाकुर कुमार विक, निर्मल जिसि, सुदिप न्यौपाने, टिका वलि, प्रशिक्षक लेखनाथ भण्डारी, केशव न्यौपाने, रोमनाथ न्यौपाने, सारदा घिमिरे लागायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रशिक्षकहरुले विभिन्न विधामा रहेर प्रशिक्षण दिएका थिए। प्रशिक्षण कार्यक्रममा नगरका सवै वडाका नेता तथा कार्यकर्ताहरु र पार्टीका जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो। नेकपा माओवादी केन्द्र सैनामैना नगर संयोजक नारायण महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर कमिटि सचिव दिपक भण्डारीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation