काठमाडौं : शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो ।
रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य बिरामीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।