गैडहवामा अध्यक्ष कप खुल्ला भलिबल सहित साँस्कृतिक मेला हुने

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसारका लागि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गैडहवा गाउँपालिका(४ मा अवस्थित तालको बिकासका लागि यही मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक मेला आयोजना हुने भएको हो ।

स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए । यसैगरी ३ जना मात्रै राष्ट्रिय स्तरका खेलाडीले एक समुहमा भाग लिन पाउने उनले बताए । प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए । यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation