सैनामैनामा भोलीदेखि हुनेअन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा

रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानाकारी दिएको छ ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० भोली देखि हुंदैछ । प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार गर्दै खेलाडिहरुलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा करिव १८ लाख खर्च अनुमान गरिएको छ । बिस २०७३ जेठ ८ गते राष्ट्रिय खेल घोषणा भएसंगै यसको विकास र खेलाडी उत्पादनमा जोड दिन जरुरी रहेको अध्यक्ष पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकास भट्राईले खेलकुद र खेलाडिको प्रोत्साहन क्लवहरुले गरेको भन्दै आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश खेलकुद परिषद् लागेको समेत बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गरेका छन ।

प्रतियोगितामा लुम्बिनी प्रदेश र अन्य गरि १० टिमहरुले सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालनका लागि सैनामैना नगरपालिकाले २ लाख र वडा नं। वडा नंं ६ बाट १ लाख रुपैयां सहयोग भएको आयोजकले दावी गरेको छ । बांकी अपुग रकम खेलप्रेमीबाट सहयोग लिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation