सैनामैनामा विद्यार्थीले बनाएका स्मार्ट प्रविधिको प्रदर्शनिले दर्शकको ध्यान तान्यो

रुपन्देहीको सैनामैनामा जारी राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा सैनामैनाका विद्यालयहरुले प्रर्दशन गरिरहेको प्रविधिले दर्शकहरुको ध्यान तानेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् ।

विद्यार्थीहरुले गरेको प्रविधि प्रदर्शनले महोत्सवमा छुटै रौनक र आकर्षण थपेको छ । सैनामैना नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि ९ वटा विद्यालयका विद्यार्थीहरुले महोत्सवमा दर्शकहरुको ध्यान तानेका छन ।

महोत्सव प्रवेशको सुरुमै लहरै राखिएका स्टल र ती स्टलमा झुम्मिएका विद्यार्थीहरुले महोत्सव अवलोकन गर्न आएका दर्शकलाई स्टल हेर्न बाध्य बनाउने गरेको छ । विद्यार्थीहरुले विद्यालयमा सिकेको ज्ञान र सिपलाई महोत्सवमा प्रयोग गरेरै देखाएका छन ।यहाँ विद्यार्थीले दैनिक जीवनयापनलाई स्मार्ट बनाउने गरी विभिन्न प्रविधिहरु विकास गरेर प्रदर्शनीमा राखिएको छ । मङसिर १७ गते सम्म चल्ने प्रदर्शनीमा विद्याथीरुले स्वचालित रुपमा खुल्ने ढोकासहित विभिन्न प्रविधिलाई सूचना प्रविधिसँग जोडेर प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा स्मार्ट होमदेखि स्मार्ट सिटीसम्मका विभिन्न अवधारणलाई प्रविधिको सहयोगमा प्रस्तुत गरिएको छ । स्मार्ट स्कुल, स्मार्ट कलेज, सामर्ट पार्किङ, स्मार्ट होटल, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट रिर्सोट, ,स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारीसाधन, र स्मार्ट ट्राफिक लाइट लगायतका प्रविधिलाई विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनीमा ८० वटा स्मार्ट सोलुसनका मोडलहरु छन् । विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाईमा अभ्यस्त गराउँदै दक्ष जनशक्ति उत्पादन गर्न यस्तो मेलाले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

आफूहरुले बनाएको प्रविधिका बिषयमा सैनामैना मुर्गियामा रहेको प्रभात बोर्डिङ स्कुलका विद्यार्थी आविस्कार खनालले बताए ।
आविस्कार खनालले जस्तै मुर्गियामै रहेको ग्यालेक्सी बोर्डिङ स्कुलका विद्यार्थीहरुले पनि आफूहरुले बनाएको प्रविधि महोत्सवमा दर्शकलाई देखाउँदै आएका छन । विद्यार्थीहरुले विद्यालयमा सरहरुले सिकाएको कुरालाई प्रयोगात्मक रुपमा परिक्षण गरेर महोत्सवमा देखाएको बताएका छन । ग्यालेक्सी बोर्डिङ स्कुलका श्याम भट्टराई आफू लगायत आफ्नो टिमले बनाएका विभिन्न प्रकारका प्रविधि प्रोजेक्टहरु महोत्सवमा देखाएको बताए । आफूहरुले वनाएको प्रविधिका बिषयमा जानकारी दिदै विद्यार्थी श्याम भट्टराईले अझै प्रगती गर्दै जाने बताए ।

आविस्का र श्यामले जस्तै देवयानी गौतमले पनि आफ्नो टिमले बनाएको प्रविधि महोत्सवमा प्रदर्शन गरेकी छिन । सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले बनाएको प्रविधिले पनि महोत्सवको आकर्षण बढाएको छ । उनीहरुले पनि अरु विद्यालयका विद्यार्थीहरुले जस्तै विद्यालयमा सिकेको प्रविधियुक्त ज्ञानलाई प्रोजेक्टमा परिणत गरेका छन । उता सैनामैनाको सैनामैना मेमारेरियल बोर्डिङ स्कुलका विद्यार्थीहरुले पनि विद्यालयमा सिकेको ज्ञानलाई प्रोजेक्टका माध्यमबाट महोत्सवमा प्रदर्शन गरेर महोत्सवको आकर्षण बढाएका छन ।

 

सैनामैनाका प्रतीक भण्डारी पनि महोत्सवमा आउने दर्शकलाई आफूहरुले बनाएको प्रविधिको विषयमा जानकारी दिन तल्लिन थिए । न्यू एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नवराज भुसाल पनि आफ्ना विद्यार्थीले बनाएका प्रविधि प्रोजेक्टलाई ब्याख्या गर्दै महोत्सवमा दर्शकको ध्यान तानिरहनु भएको थियो । पार्रोहा माद्यामिक विद्यालय मुर्गिया, पसुपति माध्यामिक विद्यालय सालझण्डि, जनचेतना माद्यामिक विद्यालय बासगढि, रामापुर माद्यामिक बिद्यालय रामापुर लागायत सैनामैनाका सम्पूर्ण बिद्यालयको प्रर्दसनि रहेको छ ।

महोत्सवमा कलाकारहरुको प्रस्तुतीसंगै विद्यार्थीहरुको प्रदर्शनले रोचकता थपेको छ । विद्यार्थीहरुले मेहनत गरेर बनाएको प्रविधिलाई महोत्सवमा प्रदर्शन गरेर दर्शकलाई देखाउन पाउँदा उनीहरुमा हौसला र उत्साह बढेको छ । महोत्सव आयोजक उद्योग बाणिज्य संघले पनि महोत्सवको माध्यमबाट विद्यालयका प्रविधि प्रदर्शनीलाई प्राथमिकता दिएर विद्यार्थीहरुमा उत्साह थपिदिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation