सैनामैनामा जारी भलिवल प्रतियोगितामा आज सेमीफाइनलका खेल,गुल्मी र नवलपुर तथा बाग्लुङ र स्याङ्जा भिड्दै

रुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज सेमी फाइनलका दुइ खेल हुदै छन् । सैनामैना वडा नंं ६ वडा कार्यालय अगाडी रहेको खेल मैदानमा प्रतियोगिता मंसिर १२ गतेबाट सुरु भएको हो । शुक्रवारको क्वाटर फाइनल खेलमा रुपन्देही, पाल्पा, नवलपरासी र कास्की बाहिरिए पछि जित नकालेका चार टिम गुल्मी, नवरपुर, स्वाङ्जा र बाग्लुङ शनिवार आज गुल्मी र नवरपुर यस्तै स्वाङ्जा र बाग्लुङ विच विहान ११ वजेबाट खेल हुने खेल संयोजक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आज जित निकाल्ने टिम फाइनल प्रवेश गर्ने छ भने हार्ने टिमले तेस्रो तथा सान्तवना पुरस्कारको लागि खेल्नेछन् । फाइनल खेल आइतवार हुने छ ।
स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा जारी अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगितामा दश जिल्लाले सहभागी जनाएका थिए ।

 

यस प्रतियोगिताको उपाधि जित्ने बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । त्यस्तै सान्त्वना टिमले नगद रु.२२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष किरण पोख्रलेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation