न्यु एकेडेमीद्वारा भुकम्प पिडितलाइ राहत बितरण

सैनामैना ।
न्यु एकेडेमी इङ्गलिस बोर्डिङ स्कूलले क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नगद रकम सहित सैनामैना नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

न्यु एकेडेमी इङ्गलिस बोर्डिङ स्कूलमा आयोजना गरिएको कार्यक्रममा कार्तिक १६ गतेदेखि २१ गतेसम्म संचालन भएको न्यु एकेडेमी प्रथम क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार तथा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत स्वरुप नगद ३७ हजार ६ सय ३० रुपैँया सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसादलाई हस्तान्तरण गरिएको छ ।
सो अवसरमा नगर प्रमुख शर्माले पीडितको दःुखमा दुःख बाँड्ने गरी विद्यार्थीहरुले खाजा रकम कटौती गरी र शिक्षकहरुले तलबबाट संकलन गरेको रकम एकद्वार प्रणाली मार्फत नै प्रधानमन्त्री दैवीक रहत कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सैनामैना नगरपालिकाको राहतकोष, वडा, संघसंस्था, र सहयोगीदाताबाट संकलनभएका रकम, खाध्यान्न सामाग्री, लत्ताकपाडा लगायतका दुई ट्रक सामान भूकम्पपीडितलाई एकद्वार प्रणाली मार्फत पठाइएको जानकारी समेत गराउनुभयो ।
न्यु एकेडेमी इङ्गलिस बोर्डिङ स्कूलले गरेको कार्यप्रति धन्यवाद दिदैँ हरेक विद्यालयले सामाजिक सेवाभावको शिक्षा सिकाउनुपर्ने भन्दै नैतिक शिक्षामा जोड दिनुभयो ।
जि.पि.ए.४ ल्याउने विद्यार्थी र विद्यालय भएर मात्र क्वालिटी एजुकेशन हुदैँन शैक्षिक, रचानत्मक र खेलकुदमा विद्यालयले प्रतिशपर्धा गर्नेसके मात्र गुणस्तारीय शिक्षाको परिकल्पना गर्न सकिने मेयर शर्माले उल्लेख गर्नुभयो ।
सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले विद्यार्थीहरुले सामाजिक भावले गरेको कार्यको प्रशंसा गर्दै व्यवहारिक शिक्षा आजको आवश्यकतालाई जोड दिनुभयो ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरुका लागि सामाजिक अध्ययन विषयको परियोजना कार्य अन्र्तगत “विपतमा सहयोग गरौँ” भन्ने अभिप्रायका साथ विद्यार्थीहरुले नास्ताका लागि छुट्याइएको पैँसा र शिक्षकले तलबको केहि रकमबाट राहत रकम संकलन गरि भूकम्पबाट अती प्रभावितलाई थोरै भएपनि राहत मिल्ने विश्वासले सहयोग गरिएको स्कूलका अध्यक्ष मिन प्रसाद पौडेलले भन्नुभयो ।
कार्यक्रममा स्कूलले गएको कार्तिक १६ गतेदेखि २१ गतेसम्म संचालन गरेको न्यु एकेडेमी प्रथम क्रिकेट प्रतियोगितामा विजेता भएको सुर्यपुरा वारियर्सलाई नगद रु. ३ं० हजार, सिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता न्यु एकेडेमी किङ्सलाई नगद रु. १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत सँगै सम्मान पनि गरिएको हो ।
यस्तै प्रतियोगितामा अवधिभरी उत्कृष्ट व्याटिङ्ग गरी वेष्ट व्याट्स म्यान कौशल ंिसंह, वेष्ट बलर शेषदत्त थारु, वेष्ट फिल्डर सुनिल यादव र प्लेयर अफ द टुर्नामेन्ट इमरान खानले जितेका थिए ।
न्यु एकेडेमी इङ्गलिस बोर्डिङका अध्यक्ष मिन प्रसाद पौडेलको अध्यक्षता तथा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको आतिथ्यता, सैनामैना वडा नं. ८ का अध्यक्ष बुद्धिराम चौधरी र सैनामैना वडा नं. २ का अध्यक्ष अम्मर बहादुर कंडेलको आतिथ्यता तथा शिक्षक नभराज भुषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation