सैनामैनामा जारी अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि नवलपुरलाई

नरेश चौधरी, सैनामैना, मंसिर १७।
रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ । आइतबार भएको नवलपुर र बाग्लुङ जिल्ला विचको फाइनल खेलमा १९(२५, २५(१७,२२(२५ र १९(२५ को सेटमा उपाधि जित्न सफल भएको हो ।

उपाधि जिते संगै नवलपुरले नगद रू।१ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र हात पार्न सफल भएको छ । नवलपुर संग पराजित हुँदै बाग्लुङ जिल्ला दोस्रो स्थानमा सिमित भएको छ । उस्ले नगद रु।७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाएको छ ।

यस्तै गुल्मी जिल्लालाई पराजित गर्दै स्याङ्जा जिल्ला तेस्रो भएको छ । गुल्मी जिल्ला चौथो भएको छ । तेस्रो स्थानका लागि गुल्मी र स्याङ्जा जिल्ला विच भएको खेलमा २६(२८,२५(२०,२५(१२ र २५(२० को सेटमा स्याङ्जाले जित हासिल गर्दै तेस्रो भयो भने गुल्मी चौथो स्थानमै चित्त बुझाएको छ ।

तृतिय हुने टिम स्याङ्जाले नगद रु।४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाएका छन् । त्यस्तै सान्त्वना हुन सफल गुल्मी जिल्लाले नगद रु।२२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीहरूलाई समेत सम्मान सहित पुरस्कार वितरण गरिएको खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनु भयो ।

स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा रूपन्देहीको सैनामैना (६, कलौनीमा ढुण्डी थरूनी स्मृति कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation