अफगानिस्तानसँग नेपालले टस जितेर फिल्डिङ रोज्यो

२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

नेपालको टिममा दुई परिवर्तन छ । हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन् ।

 

नेपालको प्लेइङ ११

देव खनाल, अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, हेमन्त धामी, दिपेश कँडेल, आकाश त्रिपाठी, सुवास भण्डारी, दिपक बोहोरा, गुल्सन झा र उत्तम रङ्गु थापा मगर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation