एनएसएलले सिलाकारमाथि लगायो प्रतिबन्ध, विकेश कुथुलाई जरिवाना

५ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएलले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ ।

स्पोर्टिङ इलामसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु हुने गरी एनएसएलको यो सिजनमा कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

 

सिलाकारमाथि २० हजार रुपैयाँ जरिवाना पनि गरिएको म्यानेजमेन्टले निर्देशक श्रीयान्स कार्कीले बताएका छन् ।

गत मंगलबारको खेलमा सिलाकारले खेल सञ्चालन गरिरहेका रेफ्री सुरोजित दासमाथि दुर्व्यवहार गरेको एनएसएलको ठहर छ ।

 

यस्तै एनएसएलले इलामका गोलकिपर विकेश कुथुमाथि व्यक्तिगत १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । रेफ्रीले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए ।

निर्देशक कार्कीले मैदानमा खेल भावना विपरीतका कुनै पनि गतिविधि नगर्न टिम तथा खेलाडीहरुलाई आग्रह पनि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation