लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमितको पदस्थापन 

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा १३औँ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन सम्पन्न गरिएको हो ।

पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले निर्माण व्यवसायीका समस्याहरुको सम्बोधन नहुदासम्म देशमा आर्थिक तथा भाैतिक विकासको बातावरण बन्न नसक्ने बताए । उनले सरकार र निर्माण व्यवसायीहरु बिच समन्वय र सम्बन्ध राम्राे भए मात्रै याे देशकाे भाैतिक बिकास सफल हुने बताए । सरकारले बजेट सुनिश्चित नगरी टेण्डर खोल्दा कैयाैँ व्यवसायी घाटामा गएकाे बताउँदै उनले सबै निर्माण व्यवसायीहरुलाई बजेट सुनिश्चित गरेर मात्रै डेण्डर प्रक्रियामा जान अनुराेध समेत गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मन्जु भुसालले प्रतिवद्धता मन्तव्य राख्दै व्यवसायीका थुप्रै समस्या आफुले पनि नजिक बाट नियालेकाे बताउँदै समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसुर बाकी नराख्ने बताईन । भुसालले आफ्नाे कार्यकालमा बिधि र बिधानलाई अङ्गालेर अगाडि बढ्ने बताईन उनले भनिन अब बार्षिक कार्यायाेजना बनाएर सृजनात्मक कार्य गर्ने छु र निर्माण व्यवसायी हकहितकाे पक्षा उभिने छु पछिल्लो समय भुक्तानी नभएकै कारण सरकार सगँ पनि सङ्घर्ष गर्नु परेको अबस्थामा छ यस कारण पनि व्यवसायीका मुद्दाहरुमा कठबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन ।

उनले निर्माण व्यवसायीहरुका साझा समस्या समाधानका निम्ति सधै तत्तपर रहने र व्यवसायिक संघसंस्थाहरुसँग पनि निरन्तर सहकार्य गरी अघि बढ्ने विश्वास दिलाउदै संघको संस्थागत विकासलाई जाेड दिदैँ सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताईन ।

अध्यक्ष भुसालले चुनौति भित्र अबसर लुकेको एक उदाहरण आफु भएकाे दाबी समेत गरिन उनी निर्माण व्यवसायीहरुमा नेपालकै ईतिहासमा पहिलाे निर्वाचित महिला अध्यक्ष पनि हुन । निर्माणको क्षेत्रमा पुरुषहरुले त धेरै नै प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ भने महिलाको हकमा त अझै दाेब्बर चुनौती हुन्छ उनिले भनिनि तर पनि ईच्छाशक्ति नै मुख्य कुरा हाे त्यसकारण पनि आज सफल व्यवसायीको रुपमा पहिचान गराउन सफल भएकि छु ।

भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation