
लुम्बिनी, माघ ३ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङविच लुम्बिनीको विकासमा सहकार्य गर्ने बिषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङविच बुधबार भएको भेटवार्ताम शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य गर्ने, चिनियाँ पर्यटकलाई लुम्बिनीमा बढि भन्दा बढि ल्याउने लगायतका बिषयमा छलफल भएको हो ।
भेटमा उपाध्यक्ष डा. लामाले चिन र नेपालविचको सम्बन्ध भगवान बुद्धले थप नजिक बनाएको बताउँदै लुम्बिनीमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । चिनमा बुद्धका अनुयायीहरु धेरै रहेकाले बुद्धजन्मस्थलमा ल्याउने वातावरणका लागि पहल गरिदिन उपाध्यक्ष डा. लामाले आग्रह गरे ।
भेटमा डा. लामा र उपाध्यक्ष सुङविच दुई देशविचको साझेदारी, लुम्बिनीको विकास संरक्षण र सम्बद्र्धन लगायतका बिषयमा छलफल भएको थियो । भेटमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएशनका उपाध्यक्ष सुङले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताए ।
उनले बुद्ध जन्मस्थल चिनियाँहरुका लागि पवित्र स्थल रहेकाले यसको प्रचार प्रसार गर्ने बताए । लुम्बिनी भ्रमणमा रहेका उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।