नेपालले लगातार विकेट लिदा ९ विकेट गुमाएको क्यानडा दबावमा

२५ माघ, काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् ।

क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।

 

आफ्नो सातौं ओभरको अन्तिम बलमा कप्तान पौडेलले क्यानडाका उदय भगवानलाई बोल्ड गरेका हुन् ।

उनले ४४औं ओभरमा भगवानलाई बोल्ड गरेका थिए ।

 

लगत्तै ललितनारायण राजवंशीले क्यानडाका कप्तान साद बीन जफारलाई एलबीडब्ल्यू गरे । त्यसपछि फेरि उनले नै डिलोन हेलिगरलाई आउट गरे ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ ओभरमा ९ विकेट गुमाएर ४६ ओभरमा २१२ रन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation