करांते महासंघका उपाध्यक्षबाट सैनामैनाका प्रशिक्षकमाथि हातपात

फागुन । खेलाडीको विषयमा करांते महासंघ रुपन्देहीका उपाध्यक्ष बुद्ध महर्जनले करांतेका प्रशिक्षक यामिन दर्लामीमाथि हातपात गरेपछि दुई जनाबीच झडप भएको छ । शुरुमा उपाध्यक्ष महर्जनले हात हालेपछि आत्मरक्षाका लागि आफूले पनि प्रतिकार गरेको दर्लामीले बताए ।
चौधौं रुपन्देही जिल्लास्तरिय रास्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत कराते खेलाडीका विषयमा विवाद उत्पन्न भएको थियो । विवादकै क्रममा हातपात र झडप भएपछि सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठले कराते तर्फको खेल बहिस्कार गरेको जनाएका छन् । उनले प्रक्षिकमाथि भएको हातपातको विरोध गर्दै छानवीनको माग गर्दै जिल्ला खेलकुद विकास समितिलाई निवेदन दिएका छन् । उचित न्याय र आत्मसम्मान नपाउदा सम्म कराते प्रतियोगितामा सहभागिता नहुने र खेल सन्चालन नगर्न आयोजक समक्ष अनुरोध गरेको श्रेष्ठले दिएको निवेदनमा उल्लेख छ ।
यता उपाध्यक्ष महर्जनले भने सैनामैनामा कराते खेलाडी छनोट नै नभएको दावी गर्दै प्रशिक्षक दर्लामीले आफूसंग मर्यादा नाघेर बोलेपछि हातपात हुन गएको बताए । दर्लामीले समेत आफूमाथि हातपात गरेर आंखामा सामान्य चोट लागेको उनले बताए ।
प्रशिक्षकले प्रतियोगिताको नियम र अनुशासन मान्नुपर्नेमा त्यसो नहुंदा घटना भएको महर्जनको दावी छ । दर्लामीले भने उपाधयक्ष महर्जनले आफूले प्रशिक्षण दिएको खेलाडी छनोटमा तेस्रो भएपनि दोस्रो भएको भनेर विवाद निकालेको आरोप लगाए !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation