रुपन्देहीको सैनामैना वडानम्बर ७ मा टोल स्तरीय खेलकुद प्रतियोगिता हुने

फागुन १० । रुपन्देहीको सैनामैना वडा नम्बर ७ मा अन्तर टोल स्तरीय विविध खेलकुद प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ को आयोजनामा प्रतियोगिता हुन लागेको वडा अध्यक्ष राज कुमार चौधरीले जानकारी दिए ।

वडा अध्यक्ष चौधरीका अनुुसार यही फागुन १६ गते देखि १९ गते सम्म पुरुष क्रिकेट, पुरुष÷महिला भलिबल, पुरुष फुटबल, पुरुष ब्याटमिन्टन र पुरुष÷महिला म्याराथन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता अन्तरगत पुरुष क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार र द्धितिय पुरस्कार ४ हजार, पुरुष÷महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार र द्धितिय पुरस्कार ३ हजार, पुरुष फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार र द्धितिय पुरस्कार ४ हजार, पुरुष ब्याटमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार र द्धितिय पुरस्कार २ हजार त्यस्तैगरी पुरुष÷महिला म्याराथन प्रतियोगितामा प्रथम पुरस्कार २ हजार र द्धितिय पुरस्कार १५ सय ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागि हुने टोल विकास संस्था मार्फत फागुन १३ गते सम्म टिम दर्ता गर्न सक्ने वडा सचिव राजन पन्थीले बताएका छन । वडा कार्यालयका अनुसार पुरुष क्रिकेट प्रतियोगिता वयरकट्टी खेल मैदान, पुरुष÷महिला भलिबल प्रतियोगिता रामनगर टोलको भलिबल खेल मैदान, पुरुष फुटबल प्रतियोगिता सरस्वती माविको खेल मैदान, पुरुष ब्याटमिन्टन प्रतियोगिता सैनामैना स्पोटर््स एरयिाको कभर्डहल र पुरुष÷महिला म्याराथन कलौनी लुम्बिनी सडकमा हुनेछ । प्रतियोगिता सञ्चालनको तयारी समेत सुरु गरिसकिएको वडा अध्यक्ष चौधरीले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation