नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन् ।

 

आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५ चौका र ३ छक्का हानेका थिए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ७७ रन छ ।

यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए ।

 

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation