सैनामैनाको वडा नम्बर दशमा क्लोथ बैंक सञ्चालनमा

बुटवल । सैनामैनाको वडा नम्बर दशमा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार वडा नम्बर १० को प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै साल्झन्डी  सामुदायिक बन संजालका अध्यक्ष चुडा बहादुर थापाले यो पुन्य कार्य रहेको बताए ।

मानव सेवाका लागि देसैभरि सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ । देशका सातै प्रदेशमा सोरुमहरु सञ्चालन गरेर हामी जो कोहिले प्रयोग गर्न मिल्ने छ ।

आफ्नो घर, टोल र समाजलाई सफा राखौं भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए । कार्यक्रम नेपालभरका सम्पूर्ण स्थानीय सरकार तथा विभिन्न निकायलाई सहकार्यका लागि आह्वान गरे ।

कार्यक्रमको उद्घाटन गर्दै चुडा बहादुर थापाले कपडा बहिनीलाई कपडा दिने र पुरा कपडा मुक्त गर्ने पुन्य कार्यमा सहभागी हनुका सबैलाई लागि थापाले आग्रह गरे ।

क्लोथ एण्ड फुड बैक संचालनमा सैनामैना नगरपालिका वडा नम्बर १० देशभरिमै पहिलो बनेको छ । यस्तो नयाँ काम र उत्कृष्ट काम गर्न पाएकोमा सैनामैना नगरपालिकाका वडा नम्बर १०का वडा अध्यक्ष कृष्ण  घिमिरेले ले खुशी व्यक्त गरे । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे ।

यस्तै सालझन्डी सामुदायिक बन उपभोक्त समितिका अध्यक्ष नरेन्द्र सोमरेले वडाले गरेको काम निकै स्रहानिय रहेको बताय ।

सैनामैना नगरपालिका वडा नम्बर ११का अध्यक्ष रामु भुषालले वडा नम्बर १० सँगको सहकार्यमा यति पुण्य काम गरेकोमा खुशी व्यक्त गरे । यसको दिर्घकालिन रुपमा अडागी बढाउन समेत शुभकामना दिए ।

केही महिना अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देहीमा संचालन समेत गरिसकिएको छ । नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनस् प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ ।

अध्यक्ष जीसीका आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए ।

सोही कार्यक्रमकै अवसरमा म बनाउछु मेरो वडा, हामी बनाउछौ हाम्रो नगर कार्यक्रम अन्तरगत वडामा रहेका सामुदायिक बिधालयहरुलाइ समयको महत्त्व बुझाउनको निम्ति पनि पसुपती माद्यामिक बिधालयका अध्यक्ष हरि पोखरेलाइ भित्ते घडी हस्तान्तरण गर्नुभयको थियो ।

“म बनाउछु मेरो वडा, हामी बनाउछौ हाम्रो नगर” कार्यक्रम अन्तरगत वडा नम्बर १० को ५० हजार र अन्य सहयोगी सस्थाहरुको १ लाख ७५ हजार आर्थिक सहयोगमा सन्चालनमा ल्याइयको हो ।

कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य  मन कुमारी रानाले स्वागत गर्नुभयको थियो भने चर्चित सन्चारकर्मी तथा पत्रकार सन्जु पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation