लुम्बिनीमा मन्त्रालय बाँडफाँड टुगियो, आजै मन्त्री मण्डल बिस्तार गर्ने तयारी

६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तारको तयारी गर्नु भएको छ । संसदको बिषयगत समितीको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गर्नु भएको हो ।

यसैबीच लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अब बन्ने लुम्बिनी प्रदेश सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एकरएक मन्त्रालय लिने गरी सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसैबीच मुख्यमन्त्री महराले आजै नै मन्त्रीहरू नियुक्ति गरेर सपथ ग्रहण गराउने तयारीमा लाग्नु भएको छ । मन्त्रालय बाँडफाँड टुङ्गिए संगै आज नै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री लाग्नु भएको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation